Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एसएसपी थापाद्वारा प्रहरी वृत्त महाराजगञ्ज र प्रभाग बुढानीलकण्ठको निरीक्षण,जनअपेक्षा अनुरूप काम गर्न निर्देशन

एसएसपी थापाद्वारा प्रहरी वृत्त महाराजगञ्ज र प्रभाग बुढानीलकण्ठको निरीक्षण,जनअपेक्षा अनुरूप काम गर्न निर्देशन

काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले आज प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बुढानीलकण्ठको निरीक्षण तथा अनुगमन गरेका छन्। निरीक्षणको क्रममा एसएसपी थापाले सम्बन्धित इकाईहरूमा कार्यरत प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै जनताको सुरक्षाका लागि अझै प्रभावकारी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएका हुन्।

उनले शान्ति सुरक्षा कायम राख्न, अपराधको अनुसन्धान तथा नियन्त्रणमा चुस्त भूमिका खेल्न, र जनअपेक्षा अनुरूप प्रहरी सेवाको प्रभावकारिता बढाउन सबै प्रहरी कर्मचारीहरूलाई व्यावसायिक, लगनशील र निडर भएर जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकता औंल्याए।

4ca628ce-be79-4faf-8b61-a6a7412110e4.jpeg

थापाले प्रहरी संगठनप्रति जनताको विश्वास अभिवृद्धि गर्ने गरी शुद्ध प्रशासन, जवाफदेहीता र पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिँदै, “प्रत्येक प्रहरीले आफ्नो आचरण, व्यवहार र कार्यशैलीमा सुधार ल्याएर जनताको सेवामा समर्पित हुनुपर्छ,“ भन्ने स्पष्ट सन्देश दिएका थिए।

निरीक्षणका क्रममा उनले स्थानीय समुदायसँग सहकार्य गर्दै सूचना संकलन र समन्वयलाई अझ सशक्त बनाउने, साथै प्रहरी सेवालाई जनमैत्री बनाउने पहललाई निरन्तरता दिन आग्रह गरे।

53d68596-ab51-4e99-a052-d4b3de819e96.jpeg