Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आईजीपी खापुङद्वारा एआईजीमा बढुवा भएका चार जनालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन

आईजीपी खापुङद्वारा एआईजीमा बढुवा भएका चार जनालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहबीच चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

दर्ज्यानी चिन्ह प्राप्त गर्ने एआईजीहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन्। पदोन्नत अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आईजीपी खापुङले उनीहरूलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी खापुङले प्रहरी संगठनप्रति उनीहरूले पु-याएको योगदान, जिम्मेवारी निर्वाहका क्रममा देखाएको पेशागत दक्षता र कार्यकुशलताको आधारमा पदोन्नति भएको बताएका थिए । खापुङले सम्बोधनको क्रममा 

“प्राप्त पद र जिम्मेवारीलाई आफ्नो अनुभव, विवेक र नेतृत्व क्षमताबाट संगठनको विकास तथा वृहत्तर हितका लागि सामूहिक भावनाका साथ कार्यसम्पादन हुनेछ भन्ने विश्वास लिएको छु।”

उहाँले पदोन्नति पाएका अधिकृतहरूले आफ्नो नयाँ भूमिकामा रहँदै संगठनको निष्ठा, पारदर्शिता र उत्तरदायित्वलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरे ।