काठमाडौं, चौधरी ग्रुप (CG) का प्रबन्ध निर्देशक निरवण चौधरीले जेन जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै, ती परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले फेसबुकमार्फत सार्वजनिक गरेको सन्देशमा आन्दोलनका क्रममा चौधरी ग्रुपका निजी निवास, कार्यालय, शोरूम र उद्योगमा भएको क्षतिले आफूहरूलाई गहिरो पीडा पुगेको उल्लेख गरेका छन्। तथापि, यस कठिन घडीमा पनि पुनःनिर्माणको आत्मबलसहित अघि बढ्ने चौधरीको भनाइ छ।
“जेन जी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी दिनेछौँ,” चौधरीले पोस्टमा लेखेका छन्, “यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।”
उनले चौधरी ग्रुपको तर्फबाट सम्पूर्ण शहीद परिवारप्रति सम्मान प्रकट गर्दै पुनःनिर्माण र राष्ट्रिय एकताको सन्देशसमेत दिएका छन्।
शहीद परिवारलाई सहयोग र रोजगारी प्रक्रिया सहज बनाउन चौधरी ग्रुपले आफ्ना कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याल (मोबाइल: ९८५१२२४०००) सँग सम्पर्क गर्न अनुरोध गरेको छ।