काठमाडौं, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा एक हृदयविदारक घटना घटेको छ। समाजमा परिवर्तनको नारा दिँदै जेन्जी आन्दोलनको अग्रपंक्तिमा देखिएका एक युवकले आफ्नै आमाको हत्या गरेका छन्।
३० वर्षीय यमबहादुर कँडेल माथि ५५ वर्षीया आमालाई धारिलो हतियार प्रयोग गरी ज्यान लिएको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले जानकारी दिए।
प्रहरी अनुसन्धानअनुसार, कँडेलले आइतबार राति आमामाथि आक्रमण गरेका थिए। घटनास्थलबाट हतियारसहित उनलाई नियन्त्रणमा लिइएको छ। गाउँ अहिले यो घटनाले स्तब्ध बनेको छ।
यमबहादुर केही साताअघि जेन्जी आन्दोलनमा बोलेका डाइलगका कारण भाइरल बनेका थिए। "मेरो आँखामा डर छ? म यो देश रोएको देख्न सक्दिन" भन्ने उनका शब्दहरू सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भएका थिए। तर अहिले उही व्यक्तिको क्रूर कर्मले गाउँलाई आँसुमा डुबाएको छ।