Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एआईजी दान कार्की मध्यरातमा आफैँ फिल्डमा खटेपछि प्रहरीको मनोबल उच्च,जनताको सुरक्षामा २४ सै घन्टा तैनाथ

एआईजी दान कार्की मध्यरातमा आफैँ फिल्डमा खटेपछि प्रहरीको मनोबल उच्च,जनताको सुरक्षामा २४ सै घन्टा तैनाथ

काठमाडौं, उपत्याकाका प्रहरी प्रमुख दान बहादुर कार्की आफैँ फिल्डमा खटिएका छन । एआइजी रहेका कार्की निरन्तर परिरहेको अबिरल वर्षाका कारण उपत्यकामा क्षति न्युनिकरण गर्नको लागी आफैँ फिल्डमा खटिएका हुन । उनी रातको समयमा पनि निरन्तर उपत्यकाका विभिन्न स्थानहरु पुगेर मानवीय उद्धारमा पनि खटिएका छन । यतिबेला देशभर निरन्तर बर्षा भैरहेको छ । बाढी,पहिरो तथा जलमग्नताको जोखिम उच्च रहेकाले सम्भावित क्षति न्यूनीकरणका लागि प्रहरी प्रशासन उच्च सतर्क अवस्थामा छ ।  उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीको नेतृत्वमा सुरक्षात्मक कार्य र उद्धारमा व्यापक सक्रियता देखिएको छ ।

कार्कीले व्यक्तिगत रूपमा प्रहरी कन्ट्रोल रुममा रहेका सीसीटीभीमार्फत अवस्थाको निगरानी गर्नुका साथै, रातको समयमा समेत फिल्डमै खटिएर ड्युटीमा रहेका सुरक्षाकर्मीहरूको मनोबल अभिवृद्धि गर्दै आवश्यक निर्देशन दिएका छन । राजधानीका प्रमुख स्थानहरू, नदी किनार तथा पहिरो सम्भावित क्षेत्रहरूमा खटिएका प्रहरीहरूलाई आवश्यक समन्वय तथा निर्देशन प्रदान गर्दै उनी स्वयं सडकमा पनि खटिएका हुन । उनको नेतृत्वमा सवारी साधन उद्धार,जलमग्न क्षेत्रको व्यवस्थापन, ट्राफिक व्यवस्था मिलाउने कार्यदेखि लिएर जोखिममा परेका नागरिकहरूको सुरक्षित स्थानमा स्थानान्तरणसम्मका कार्यहरू सञ्चालन भइरहेका छन् ।

उनले रातको समयमा जोखिम मोलेर खटिएका सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै ‘जनताको सुरक्षामा प्रहरी सधैं तयार छ’ भन्ने सन्देश दिएका छन ।  संकटकालीन अवस्थामा देखिएको प्रहरीको यो सक्रियता र प्रतिबद्धता अत्यन्त सराहनीय रहेको छ ।आम नागरिकको सुरक्षाका लागि अहोरात्र खटिने सम्पूर्ण प्रहरी तथा सुरक्षाकर्मीप्रति उच्च सम्मान र आभार प्रकट गर्दै, विपद्को घडीमा उनीहरूको योगदानले जनविश्वास थप मजबुत बनाएको छ ।

त्यस्तै ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारी पनि विदपको अवस्थामा फिल्डमै खटिएका छन । अधिकारीले ट्राफिक व्यवस्थापन देखि यातायातको सहजता प्रदान अहोरात्र सडकबाटै सुचना प्रदान गरिरहेका छन । हाल सयौँको संख्यामा सडकमा दुर्घटना नहोस भन्नको लागि उनले आफनो मातहतका सम्पुर्ण ट्राफिक प्रहरीहरुलाई निर्देशन दिएका छन । उनी चाडपर्वको समयमा पनि ट्राफिक व्यवस्थापन गर्न सडकमै खटिएका थिए । विपद्का समयमा सर्वसाधारणको ज्यान र सम्पत्तिको सुरक्षामा नेपाल प्रहरीको भूमिका निकै महत्वपूर्ण देखिएको छ ।

हालै आएको वर्षा,बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा प्रहरीको सक्रियता प्रशंसनीय रहेको छ ।  त्यस्तै, पहिरोले अवरुद्ध भएका सडकहरू खुलाउन ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा उद्दार कार्य तीव्र रूपमा सञ्चालन गरिएको छ ।