Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अविरल वर्षाका कारण आइतवार र सोमवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

अविरल वर्षाका कारण आइतवार र सोमवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, सरकारले आइतवार (असोज १९ ) र सोमवार (असोज २० ) सार्वजनिक विदा दिने निर्णय गरेको छ। देशका विभिन्न भागहरूमा लगातार भइरहेको अविरल वर्षा, राजमार्ग अवरुद्ध र आन्तरिक हवाइ उडानहरू प्रभावित भएका कारण यो निर्णय लिइएको हो।

गृह मन्त्रालयका अनुसार लगातारको वर्षाले जनजीवन प्रभावित भएको, धेरै स्थानमा बाढी, पहिरो र सडक अवरोधका कारण मानिसहरूको आवागमन असहज भएकोले आकस्मिक विदा दिनु परेको हो। साथै, आन्तरिक हवाइ सेवा पनि अस्थायी रूपमा स्थगित गरिएकाले यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी सरकारको निर्णय आएको जनाइएको छ।

सरकारले सबैलाई सुरक्षित रहन, आवश्यक नपरी घरबाहिर ननिस्कन र आपत्कालीन अवस्थामा सम्बन्धित निकायहरूसँग सम्पर्क गर्न आग्रह गरेको छ

छुट्टि.png