Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पृथ्वी राजमार्गको फिस्लिङमा पहिरो, तीन घण्टा अवरुद्ध हुने अनुमान

पृथ्वी राजमार्गको फिस्लिङमा पहिरो, तीन घण्टा अवरुद्ध हुने अनुमान

 पृथ्वी राजमार्ग अन्तर्गत फिस्लिङ र चुम्लिङटारको बीचमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडकमा ठूला ढुंगासहितको पहिरो खसेकोले सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार पहिरो पन्छाउन झन्डै ३ घण्टाजति समय लाग्ने अनुमान गरिएको छ।

प्रहरी र डोजरमार्फत पहिरो हटाउने प्रयास जारी रहेको छ भने यात्रुहरूलाई सुरक्षित रहन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।