Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यति एयरलाइन्सको जहाज एकाएक पोखरा अवतरण,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान रोकियो

यति एयरलाइन्सको जहाज एकाएक पोखरा अवतरण,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान रोकियो

काठमाडौँ, खराब मौसमका कारण अवतररण गर्न नसके पछि यति एयरलाइन्सको जहाज पोखरा डाइभर्ट भएको छ । विराटनगरबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि पोखरा डाइभटकर्ब भएको पाइएको हो । यतिबेला काठमाडौँमा बर्षा भैरहेको छ,जसका कारण यहाँको मौसम खराब बनेको छ । काठमाडौंको मौसम खराब भएपछि ६९ जना यात्रु बोकेको जहाज पोखरा अवतरण गरिएको हो । हिजो देखि नै देशभर निरन्तर रुपमा बर्षा भैरहेको छ ।

जसले गर्दा धेरै उडानहरु रद्ध भैरहेका छन । पोखराको विमानस्थल भने खुलेको छ । विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीका अनुसार विराटनगरको जहाज पोखरा ल्याण्ड भएको र फेरि काठमाडौं नै फर्किने तयारीसमेत गरिएको छ । यता  बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् । खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिएका छन ।

उनका अनुसार अन्तर्राष्ट्रिय उडानहरू भैरहेका छन  भने  अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ । अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ । वर्षा अझै बढ्ने र नदीहरुमा बाढीको सतह बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यसको असरले बाढी, पहिरो, डुबानको खतरा हुनसक्ने सम्भावना छ ।

त्यसैले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणसहित सरोकारवाला सबैलाई अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव अहिले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ । तर यो बिस्तार हुँदै पूर्वतर्फ सर्ने क्रममा छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा यसको असर बढी देखिने छ । अहिलेसम्म यी नदीको बाढीले सतर्कताको तह पार गरिसकेको छैन । तर आज दिउँसोदेखि कमला, बागमती र नारायणी नदी तथा यी नदीका शाखा नदीहरुमा सतर्कता तह पार हुने सम्भावना छ ।