Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चन्द्रागिरि दहचोकमा महिलाको हत्या, एक जना पक्राउ

चन्द्रागिरि दहचोकमा महिलाको हत्या, एक जना पक्राउ

काठमाडौं, काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकको खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हत्या आरोपमा ३२ वर्षीय सरोज थापा पक्राउ परेका छन्। थापागाउँकै स्थायी बासिन्दा सरोजले चन्द्रागिरि–६ स्थित महादेवस्थान चेकपोष्टमा बस्ने ६८ वर्षीया पवित्रा केसीको हत्या गरेको आरोप लागेको छ। पवित्रा हाल खहरे थापागाउँस्थित माइतीघरमा बस्दै आएकी थिइन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा पवित्रालाई दाउराको चिर्पटले टाउकामा प्रहार गरी हत्या गरिएको जनाएको छ। हत्याको स्पष्ट कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।