काठमाडौँ । जवाङ खोलामा खसेको सुक्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १०जवाङ खोलामा खसेको पहिरो पन्छाउन समय लाग्ने भएको हो ।
नागढुंगा– मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने बताए । उनका अनुसार आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम छ । गएराति खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।