Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री कार्कीसँग गर‍े भेट, रिहाईका लागि पहलको आग्रह

बिपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री कार्कीसँग गर‍े भेट, रिहाईका लागि पहलको आग्रह

काठमाडौँ,बेपत्ता युवा बिपिन जोशीका आमा पद्मा जोशी र बहिनी आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। भेटका क्रममा उनले बिपिनको रिहाईका लागि सरकारबाट तत्काल र गम्भीर पहलको माग गरेका छन्।

प्रधानमन्त्री कार्कीसँगको भेटपछि बिपिनकी आमा पद्मा जोशीले यसअघिका सरकारहरूले पहल गर्ने आश्वासन मात्र दिएको तर कुनै ठोस नतिजा नआएको गुनासो गरिन्। उनले भनिन्, “हामी धेरै ठाउँ धायौं, धेरै ढोका ढकढकायौं, तर छोरा कहाँ छन् भन्ने खबर अहिलेसम्म पाउन सकेनौं। अबको सरकारबाट आशा राखेका छौं।”

प्रधानमन्त्री कार्कीले आफू यो विषयमा गम्भीर रहेको भन्दै यथाशीघ्र आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

बिपिन जोशी लामो समयदेखि बेपत्ता छन् भने उनको खोजी तथा रिहाईको माग गर्दै देशभर आवाज उठ्दै आएको छ।