Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

४५ घन्टापछि नारायणघाट–मुग्लिन सडक सञ्चालनमा

४५ घन्टापछि नारायणघाट–मुग्लिन सडक सञ्चालनमा

काठमाडौँ । ४५ घन्टापछि नारायणघाट–मुग्लिन सडक सञ्चालनमा आएको छ। यो सडक शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको थियो सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए ।  

सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको थियो।  तुइन खोलाको पहिरोले गतवर्ष पनि यात्रुलाई दुःख दिएको थियो। नयाँ पुल बनाउनेक्रममा पहरो फोरेपछि यहाँ पहिरो झर्न थालेको हो।