Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कक्षा १२ पूरक परीक्षा असोज ७ र ८ गते, नयाँ तालिका सार्वजनिक

कक्षा १२ पूरक परीक्षा असोज ७ र ८ गते, नयाँ तालिका सार्वजनिक

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का पूरक परीक्षा असोज ७ र ८ गते हुने जनाएको छ। यसअघि भदौ २८ र २९ मा हुने भनिएको परीक्षा हालको राष्ट्रिय परिस्थिति हेरी मिति सारिएको हो।

बोर्डले प्रकाशित नयाँ तालिका अनुसार, असोज ७ गते अनिवार्य अङ्ग्रेजी कोड (९००४१०) को परीक्षा हुनेछ। सो दिन एक विषय मात्र पूरक परीक्षा दिने विद्यार्थीहरूले आफ्नो परीक्षा दिनेछन्। दुई विषयमा पूरक परीक्षा हुने विद्यार्थीका हकमा, उनीहरूले सानो कोड भएको विषय अनिवार्य अङ्ग्रेजी वा अनिवार्य नेपाली  मध्ये जुन विषयको कोड कम छ, सोही विषयको परीक्षा दिने छन्। यदि दुबै अनिवार्य विषयमा पूरक परेमा, पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली कोड (९००२१०) को परीक्षा सञ्चालन हुनेछ।

असोज ८ गते भने दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीहरूको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। यद्यपि, सो दिन अनिवार्य अङ्ग्रेजी (९००४१०) को परीक्षा भने तोकिएको छैन।

परीक्षासम्बन्धी सबै तयारी पूरा भइसकेको र परीक्षा केन्द्रहरू पहिले नै निर्धारण गरिसकिएको बोर्डले जनाएको छ।