Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यस वर्षको दसैं टीकाको उत्तम साइत कतिबेला ?

यस वर्षको दसैं टीकाको उत्तम साइत कतिबेला ?

काठमाडौं, नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैं टीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार बिहान ११:५३ बजे टीका लगाउनका लागि उत्तम समय रहेको छ।

ढकालका अनुसार यस वर्षको दसैं असोज ६ गतेदेखि विधिपूर्वक सुरू हुनेछ। घटस्थापनाको शुभ साइत असोज ६ गते बिहान ९:१३ बजे रहेको छ। त्यस दिनदेखि नै घरघरमा देवी दुर्गाको पूजा–अर्चना आरम्भ हुने छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार दसैंको मुख्य दिनहरूको मिति निम्नानुसार रहेका छन्

असोज १३ गते सोमबार – फूलपाती

असोज १४ गते मंगलबार – महाअष्टमी तथा कालरात्रि

असोज १५ गते बुधबार – महानवमी

असोज १६ गते बिहीबार – विजयादशमी टीका

असोज २० गते सोमबार – कोजाग्रत पूर्णिमा

सामाजिक, सांस्कृतिक र धार्मिक रुपमा महत्वपूर्ण मानिने दसैं पर्वमा हिन्दू धर्मालम्बीहरूले आस्थापूर्वक नवदुर्गाको पूजा, टीका र जमरा ग्रहण गर्ने परम्परा छ।