Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाउनेको सम्मानमा राष्ट्रिय शोकको घोषणा,आज सार्वजनिक बिदा

सरकारले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाउनेको सम्मानमा राष्ट्रिय शोकको घोषणा,आज सार्वजनिक बिदा

 

काठमाडौँ ।  सरकारले ‘जेनजी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली स्वरूप असोज १ गते बुधबार नेपालभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार सो दिनलाई राष्ट्रिय शोक दिवसको रूपमा मनाइनेछ। सो अवसरमा नेपालभरका सरकारी कार्यालयहरू, साथै विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइनेछ। साथै, राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गरिनेछ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ —
“यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार ९मन्त्रिपरिषद्० बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

जेनजी आन्दोलनले उठाएका मुद्दा र त्यसले ल्याएको असरले देशभर गम्भीर बहसको वातावरण सिर्जना गरिरहेको सन्दर्भमा सरकारले लिएको यो निर्णयलाई विशेष महत्वका रूपमा हेरिएको छ।