Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज विभिन्न प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, बाढी र पहिरोको जोखिम

आज विभिन्न प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, बाढी र पहिरोको जोखिम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मधेशबाहेकका केही प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा दिउँसो भारी वर्षा हुन सक्ने छ भने राति कोशी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्न सक्छ।

अरू स्थानहरूमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान नजिकै रहेको र अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकोले वर्षा भइरहेको महाशाखाको भनाइ छ।

महाशाखाले लगातारको वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।