Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

तुलसीपुरको फोहर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरूले उठाउने

तुलसीपुरको फोहर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरूले उठाउने

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरूले उठाउने अभियान थालेका छन् । 

तुलसीपुरका दुई युवा भूपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा व्यापक फोहर भएपछि यो अभियान थालेको बताए । “उपमहानगरपालिकाको गाडी जलेको छ, त्यसैले फोहर उठेको छैन”, वलीले भने, “फोहर नउठेपछि बजार नै दुर्गन्धित हुन थाल्यो, त्यसैले हामीले यो अभियान थालेका हौँ ।” उपमहानगरपालिकाले फोहर उठाउन सुरु नगर्दासम्म आफूहरूले यो अभियान जारी राख्ने वलीको भनाइ छ । उपमहानगरपालिकासँग समन्वय गरेर यो कार्य गरिएको उनले बताए ।  दुई कर्मचारी राखेर यसरी फोहर उठाउन थालिएको हो । 

समाजलाई अफ्ठेरो पर्दा युवाले यस्ता अभियान सुरु गर्नुपर्ने भन्दै ट्याक्टर भाडामा लिएर भए पनि यो अभियान सुरु गरेको उनको भनाइ छ । जेनजीको प्रदर्शनका क्रममा उपमहानगरपालिकाको फोहर फाल्ने गाडीसमेत जलेको थियो । जसले गर्दा एक हप्तादेखि तुलसीपुर बजारभित्रको फोहर उठ्न सकेको थिएन ।