काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले नगर बासीलाई शान्ति सुरक्षा अमन चयनका साथै सुरक्षाको प्रत्याभूति दिनको लागि आकस्म्कि बैठक गरेको छ । नगरप्रमुख दिपक रिसालको अध्यक्षतामा बसेको बैठकले नगरबासीहरुको लागि यो बिषम परिस्थितीमा बिभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।
हरेक वडामा वडा अध्यक्षको पहलमा युवाहरुलाई परिचालन गरी थप शान्ति सुरक्षा को लागि अगाडि बढाइने छ। यही अवस्थालाई ध्यानमा राखी आज नगर प्रमुख, उपप्रमुख, सबै वडा अध्यक्ष , सदस्यहरू, नेपाल आर्मीका कर्णेल २ जना, मेजर १ जना, नेपाल प्रहरीका डिएपि , नगर प्रहरी, ग्रीन आर्मी नेपाल, गोकर्णेश्वर नगर स्काउट, युवा तथा खेलकुद समिति, नगर स्वास्थ्य प्रमुख, नगर अस्पताल प्रमुख सहितको बैठक बसी यस्तो समन्वयन भएको छ।
यसैगरि नगरपालिकाले सुरक्षाको लागि नगर प्रहरीको २ वटा गाडी, स्काउटको १ वटा गाडी ग्रीन आर्मी १ वटा गाडी टोलटोलमा जाने छन् र जनताको सुरक्षामा पेट्रोलिङ गर्ने छन् । नगरपालिका भरी भएका सम्पूर्ण सिसी क्यामराबाट निगरानी गरिने साथै मर्मत गर्नुपर्ने सिसी क्यामेरा पनि मर्मत गरी थप निगरानी गरिने भएको छ। ध्वस्त भएका नगरपालिकाको भौतिक संरचनाको सरसफाइ, पुन निर्माणको कार्य अगाडि बढाउने, नगरपालिका र वडाबाट हुने सेवा पनि सकेसम्म चाँडो सुचारु गर्ने भएको छ। साथै आकस्मिक सेवाको लागि वडा कार्यालय र नगरपालिकामा सम्पर्क गर्न सकिने छ।
घरबाहलमा बस्ने सम्पूर्णको नागरिकको घरबेटिले नाम सहितको निगरानी राख्नु पर्ने ।वडा भित्र रहेका युवा क्लब, टोल सुधार समिति, महिला समूह, अन्य संघ संस्थालाई वडा अध्यक्षहरुले समन्यवन गरी आवश्यकता अनुसार शान्ति सुरक्षाका लागि आह्वान गर्ने छन्। नगरभित्रका सम्पूर्ण ब्यवसाय, पसलहरु बेलाका ८ बजे सम्म मात्र सञ्चालन गर्नु पर्ने छ।
गोकर्णेश्वर नगर अस्पताल, नगर भित्रको सबै अस्पताल नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, अर्थोपेडिक अस्पतालहरु २४ घण्टा सञ्चालनमा रहने छन्। जसको लागि हत्वपूर्ण सम्पर्कविपद् सम्बन्धी नेपाली सेनाको सम्पर्क नं ९७६८९९२०२० ,कुनै घटना भए (सेकुरिटी ) को लागि नेपाली सेनाको सम्पर्क नं
९८५७०२१५२९ ,नेपाल प्रहरीको सम्पर्क नं हट लाईः १०० ,सशस्त्र प्रहरी बल ब्एँ सम्पर्क नं १११४ ,नगर प्रहरी सम्पर्क नं ९८४१६८९१६५ ,ग्रीन आर्मी सम्पर्क नं ९८४९९९९९९९ ,स्काउट सम्पर्क नं ९८४९३८२९६१ ,स्थानीय युवा व्यवस्थापन
९८५१०७४५३ ,एम्बुलेन्स हटलाइन ,९७६५४१४२८० नगर भित्रका सबै अस्पताल सँग समन्वयन गर्न सम्पर्क नं ९८४१३९१००० ,गोकर्णेश्वर नगर अस्पताल सम्पर्क नं ९८५१२४८७५५ ,साथै सम्बन्धित वडाका बासीले अपत विपद् परेमा वडाका जनप्रतिनिधि र नगरपालिकामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
यता यो विसम परिस्थितिमा अपल्कानिय घटनाबाट गोकर्णेश्वर नगरपालिका वडा नं ५,६,७ को वडा कार्यालय आगलागी भै ध्वस्त भएका छन ्। वडा नं १ र ३ तोडफोड भएको छ । साथै नगरपालिका भित्र भएका सम्पूर्ण प्रहरी कार्यालय र केही स्वास्थ्य चुकी पनि ध्वस्त भएका छन् । वडा कार्यालय र प्रहरी चौकीबाट धेरै सामानहरू चोरी लुटपाट भएको छ । यस नगरपालिकाका जनताको करबाट निर्माण भएको संरचना ध्वस्त भएका छन् ।