काठमाडौँ । देशभरको यातायात क्षेत्र नराम्ररी प्रभावित बन्न पुगेको छ । यातायात ठप्प बन्दा जनजीवन कष्टकर बनेको छ । प्रदर्शनका कारण छोटो तथा लामो दूरीका सबैै गाडी बन्द छन् । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैँ नजिकिदै गर्दा गाडी नचलेपछि यात्रुहरु बिचल्लीमा परेका हुन ।
विदेशबाट आउने नेपालीसहित शहरबाट गाउँ जाने नागरिक समस्यामा परेका छन् । यसवर्ष असोज १६ दशैँको टीका छ । असोज ६ गते घटस्थापनाअघि घर पुग्ने योजना बनाएका यात्रु बाटोमै अलपत्र छन् । अहिलेसम्म टिकट बुकिङ खुल्ने सुरसार छैन । देश नै शुन्य अवस्थामा पुगेकोले यातायात सञ्चालन गर्न सक्ने अवस्था नरहेको व्यावसायीको भनाइ छ ।