Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोशी र बागमती प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने अनुमान

कोशी र बागमती प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने अनुमान

काठमाडौँ । कोशी र बागमती प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना रहेको बताएको हो ।

देशका केहीँ ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । गएराति सुनसरी, धनकुटा र उदयपुरमा ठूलो पानी परेको छ । यस्तै सिन्धुपाल्चोक, दोलखा, लमजुङ, कास्की, म्याग्दी, सुर्खेत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।