काठमाडौँ । के पी शर्मा ओलीको पक्षका नेताहरु धमाधम विद्या भण्डारीको पक्षमा खुल्न सुरु गरेका छन । एमालेमा ओलीले एकलौटी गरेपछि पछिल्लो समयमा भण्डारी पक्षमा नेताहरु खुल्न थालेका छन ।
विद्या भण्डारी सक्रिय राजनीतिमा आएपछि आत्तिएका ओलीलाई ठुलै झड्का लाग्ने देखिन्छ । एमाले सचिवालयको बिहीबार च्यासलमा बसेको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोकिन नहुने भन्दै ६ नेता खुलेपछि एमाले भित्रै तरंग छाएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पहिले नै असहमति जनाउँदै आएका थिए । बिहीबारका बैठकमा उपाध्यक्ष रामबहादुर थापा (बादल), सचिव योगेश भट्टराई र गोकर्ण विष्ट पनि भण्डारीको पक्षमा खुलेका हुन ।