Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज दिउँसो मध्यम र राति ठूलो वर्षाको सम्भावना

आज दिउँसो मध्यम र राति ठूलो वर्षाको सम्भावना

 

काठमाडौं  । देशका विभिन्न ठाउँमा आज दिउँसोदेखि मौसम बद्लिँदै जाने र रातिको समयमा ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, मधेश र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।

रातिको समयमा भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकरदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। बाँकी भूभागमा पनि सामान्यदेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

हाल काठमाडौं उपत्यकासहित देशका धेरै स्थानहरूमा घाम लागेको मौसम देखिएको छ। यता, गएराति कास्की र लमजुङ जिल्लामा ठूलो वर्षा भएको जनाएको छ।

महाशाखाले जलवायु अवस्थालाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ, विशेष गरी सम्भावित पहिरो र डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।