Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशभर मौसम बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मौसम बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशभर सामान्यतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हालको मौसम प्रणालीको प्रभावले देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहनुको साथै केही स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार, हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहँदा गण्डकी र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी र सडक अवरोधजस्ता जोखिम हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।