Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सत्र बुँदे घोषणापत्र जारी गर्दै ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ’ सम्पन्न

सत्र बुँदे घोषणापत्र जारी गर्दै ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ’ सम्पन्न

पर्सा । मिडिया फर बोर्डर हार्माेनी, नेपालले आज आयोजना गरेको ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ ले १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कन्क्लेभको घोषणापत्र जारी गर्दै पत्रकार क्रान्ति शाहले कन्क्लेभले दुवै मुलुकबीचको साझा मुद्दा खोजी गरेर सार्वजनिक गर्ने र ती मुद्दा दुवै मुलुकका सरकार र सम्बन्धित निकायबाट सम्बोधनका लागि पहल गर्ने निष्कर्ष रहेको बताए । 

यस्तै, गलत सूचना र दुष्प्रचारको समस्याबाट मिडियालाई जोगाएर तथ्यपूर्ण ‘रिपोर्टिङ’का लागि सक्रिय हुने, दुवै देशका नागरिकका वास्तविक समस्यालाई उजागर गर्ने, समाजमा द्वन्द्व वा वैमनश्यता उत्पन्न हुनसक्ने विषयमा संवेदनशील बन्नेलगायत विषय घोषणापत्रमा समेटिएका छन् । 

कार्यक्रममा खानेपानीमन्त्री प्रदिपकुमार यादवले नेपाल र भारतको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजाउनुपर्ने बताए । उनले कन्क्लेभले पारित गरेको घोषणापत्रले दुवै मुलुकबीच थप सम्बन्ध विस्तारको वातावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । 

    मन्त्री यादवले कतिपय भारतीय मिडियाले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्ने गरी विभिन्न खालका अफवाह फैलिने गरी समाचार सम्प्रेषण गर्दा समस्या हुनेतर्फ सहज रहन आग्रह गरे ।