काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने पूर्वसन्ध्यामा नै चीनलाई खुसी बनाउन नेपाल टेलिकम चिनियाँ कम्पनी हुवावेलाई सुम्पने तयारी गरेको खुलेको छ ।
हुवावे कम्पनीको दबाब र प्रभावमा नेपाल टेलिकमले यस्तो निर्णय गर्ने तयारी गरेको विषय सार्वजनिक भएको हो । टेलिकम सुम्पनुको अर्थ यसको सेयर बेच्ने नभई मुख्य प्राविधिक नियन्त्रणको अधिकार सो कम्पनीलाई दिने प्रयास हो ।
नेपाल टेलिकममा अनेक मुद्दा,मामिला र झमेला पदैँ आएको छ । चिनको हुवावेले पहिले देखिनै नेपाल टेलिकमलाई कोर सिष्टम र अन्य क्षेत्रमा आफ्नो सेवा दिँदै आएको छ । टेलिकम सिष्टमका दुई मुख्य विभाग कोर सिष्टम र बिलिङ सिष्टम दुवै एकै कम्पनीलाई दिने प्रयास भएको बताइएको हो ।
टेलिकमजस्तो संवेदनशील सेवाको सम्पूर्ण अधिकार कुनै एउटा कम्पनीलाई दिँन नहुने विज्ञहरुले बताएका छन । यो पटक पनि टेन्डर खोलेर पहिले पहिलेको टेन्डरजस्तै प्राविधिक तर्फमा हुवावेलाई मात्र उतीर्ण गरेर उसैलाई नै टेन्डर दिने तयारी भएको हो ।
यसअघि नेपाल टेलिकमले बिलिङ सिष्टम खरिद गर्दा ३४ करोडको भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णयकर्ता कर्मचारीहरूमाथि आरोप लगाएर विशेष अदालतमा मुद्दा चलाएको भएता पनि नेपाल टेलिकमले नयाँ टेन्डर आह्वान गरेको हो ।