काठमाडौँ । आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिबानाको फैसला गरेको छ ।
भक्तपुरको साँगास्थित झोलुंगे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो । आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएकी थिइन् ।
उनीविरुद्ध नगरपालिकाले आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो।
अदालतले कैदसहितको सजाय सुनाए पनि आशिकाले भने आफ्नो फेसबुकमा आफूलाई भक्तपुर अदालतले सफाइ दिएको लेखेकी छन्।
भक्तपुर जिल्ला अदालतले प्रतिवादी आशिका तामाङलाई भक्तपुर जिल्ला को साँगामा अवस्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँको विरोध गरेको केसमा आज मलाई न्यायाधीश ले सफाइ दिनु भएको छु उनले फेसबुकमा लेखेकी छन्।