Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रहरी महानिरीक्षक दीपक थापा प्रहरी बिगार्ने षड्यन्त्रको हिस्सा हुँदैनन:विश्लेषक राधाकृष्ण देउजा

प्रहरी महानिरीक्षक दीपक थापा प्रहरी बिगार्ने षड्यन्त्रको हिस्सा हुँदैनन:विश्लेषक राधाकृष्ण देउजा

काठमाडौँ । लेखक तथा विश्लेषक राधाकृष्ण देउजाले प्रहरीका महानिरीक्षक दीपक थापाले सत्ताको चलखेलमा आफ्नो कार्यकाल बढाउने प्रयास गरेको भन्ने समाचारहरुले पूर्ण सत्यको प्रतिनिधित्व नगर्ने आसयका साथ घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गरेका छन ।

प्रहरी महानिरीक्षक दिपक थापा समेत प्रहरी नियमावली नै संशोधन गर्ने प्रयास गरेर कार्यकाल बढाउन लागेको समाचारहरुमा आधारित भएर उनले समाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाएका हुन । हाल अमेरिकामा रहेका देउजाले प्रहरी नियमावली सँशोधन मार्फत प्रहरी प्रमुख सहितको सेवा अवधि थप गर्ने प्रपन्च भैरहेको छ भन्ने समाचार आएको भए पनि आइजीपी दिपक थापा कोहि कसैको निहित स्वार्थको दास भएर हुनै नसक्ने र गर्नै नमिल्ने काम सम्भव बनाउन लागेको होलान भनेर आफुले नपत्याएको पनि बताएका छन ।

साथै देउजाले थापा सँग यस विषयमा आफुले नसोधेको तर आफुले लामो समय देखि जानेको,बुझेको र चिनेको आधारमा थापा प्रहरी विगार्ने षड्यन्त्रको हिस्सा बन्न नसक्ने विश्वास व्यक्त गरेका छन ।

हेर्नुहोस उनले फेसबुकमा लेखेको स्टाटस 

हाल नेपाल प्रहरीका महानिरीक्षक रहेका दिपक थापा प्रहरी नेतृत्वमा आउँदा मात्रै खुसि भएको नभई वहाँलाइ डिएसपी बाट एसपी नबनाईदा तत्कालिन संगठन प्रमुख देखि निर्णयमा दक्खल राख्नेहरु बाट गलत भयो भनेर सार्वजनिक रुपमा लेखेको मान्छे हो म । समग्रतामा प्रहरी नेतृत्वको छिटो छिटो वहिर्गमन हुन सहायक हुने कथित तिस बर्षे सेवा अवधि बेठिक हो भन्ने निष्कर्षमा म पुगेको पनि निक्कै भैसकेको छ । त्यसैले यदी प्रहरी ऐन बन्ने वित्तिकै प्रहरी समायोजन ऐन सक्रिय भएर नेपाल प्रहरी खण्डित भइ प्रदेश प्रहरी बन्ने अवस्था नभएको अवस्था थियो भने सायद म पनि प्रहरी ऐन मार्फत तिस वर्षे खारेज गर्दै दिपक थापा जस्ता संयोजनकारी क्षमताका काविल आइजीपीले पुरा कार्यकाल काम गर्न पाउनु पर्छ भन्नेमा नै उभिने थिएँ । 


म मात्रै नभई सिंगो प्रहरी संगठन र देशलाई सुरक्षित अनि प्रहरीलाइ बलियो भएको देख्न चाहने सबैको त्यही मत हुन्थ्यो होला । तर अहिले प्रहरी ऐन निर्माण हुनु भनेको  प्रहरी विखण्डनको षड्यन्त्रले सफलता पाउनु हो भन्ने  सत्य बुझेकोले त्यसको विपक्षमा रहनु पर्ने अनि प्रहरी नियमावली सँशोधन मार्फत सेवा अवधि थप गर्ने सम्भावनालाइ सम्मानित सर्वोच्च अदालतले नै बन्देज गरेको अवस्थामा हाम्रो शुभेच्छा वा कोहि कसैको जोडले मात्रै पनि आइजीपी दिपक थापा साब वा कोहि कसैको म्याद थप हुने अवस्था छैन  । 


यद्धपि कान्तिपुर जस्तो विश्वसनीय संचार माध्यममा मातृका दाहाल जत्तिको विश्वसनीय पत्रकारिता गर्ने पत्रकारले नै  प्रहरी नियमावली सँशोधन मार्फत प्रहरी प्रमुख सहितको सेवा अवधि थप गर्ने प्रपन्च भैरहेको छ भन्ने समाचार लेखिसके पछि त्यस्ता पहल र  प्रयत्न पक्कै कतै भैरहेका जरुर छन भन्ने मान्नै पर्ने हुन्छ । यद्धपि यति हुँदा हुँदै पनि ऐन कानुन जानेको बुझेको,परिस्थितिको सुक्ष्म विश्लेषण गर्ने अदभुत क्षमता भएको  आइजीपी दिपक थापा कोहि कसैको निहित स्वार्थको दास भएर हुनै नसक्ने र गर्नै नमिल्ने काम सम्भव बनाउन लागेको होलान भनेर  मैले चाहिं पत्याएको छैन । 


मलाइ विश्वास छ आफ्नो योग्यता क्षमताले गर्दा हकले पाएको पदमा ऐन नियम कानुनले दिएको निश्चित समय सम्म , अझै वहाँकै शव्दमा भन्न पर्दा पाँच महिना कुन्नि कति दिन प्रहरी संगठनको नेतृत्व गरेर दिपक थापा ससम्मान विदाई हुनेछन त् त्यसो गर्दै प्रहरीको  विधि र प्रचलनलाइ कायम राख्नेछन ।  वहाँ संग कुरा गरेर सोधेको छैन तर मैले लामो समय देखि जानेको,बुझेको र चिनेको आधारमा यति लेख्न सक्छु कि दिपक  थापा प्रहरी विगार्ने षड्यन्त्रको हिस्सा हुने छैनन ।