काठमाडौँ । पाल्पा जिल्लाले पहिलो पटक महिला सिडियो पाएको छ । पाल्पा जिल्लाको ४६ औं प्रमुख जिल्ला अधिकारीको रुपमा बिनु बज्राचार्य कुँवर आएकी हुन् ।
बज्राचार्य सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिवबाट सरुवा भई जिल्ला प्रशासन कार्यालय पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी हुन् । यसभन्दा अघि पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी पर्सा जिल्ला प्रशासन कार्यालयमा सरुवा भएपछी बज्राचार्य आएकी हुन् ।
२०२९ सालमा पाल्पामा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको रुपमा लभ विक्रम शाह आएका थिए । त्यसपश्चात अहिलेसम्म आएका ४५ जना सबै प्रमुख जिल्ला अधिकारीहरु पुरुष नै थिए । ४६ औं प्रमुख जिल्ला अधिकारीको रुपमा पाल्पामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी आएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।