Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘मुस्ताङ गोल्ड’ रक्सी भित्र झिँगा भेटियो, बालेनले तिराए २ लाख जरिवाना

‘मुस्ताङ गोल्ड’ रक्सी भित्र झिँगा भेटियो, बालेनले तिराए २ लाख जरिवाना

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरेको छ । सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको धनुषा डिस्टिलरी प्रा। लि।द्वारा उत्पादित उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ फेला परेको थियो ।

मापदण्ड विपरीत रहेकोले महानगरले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।  भदौ ४ मा उपभोक्ता स्वयम आफै आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएकोले गुनासो गर्नु भएको थियो ।

विभागले उक्त मदिराको नमुना सङ्कलन गरी भौतिक जाँच गरेको थियो । जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको छ ।