Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रुविको हत्या कबुल गरेका प्रेमीको छातीमा रुबीको तस्बिर, हातमा माई हर्ट रुबीकुमारी नामको ट्याटु

रुविको हत्या कबुल गरेका प्रेमीको छातीमा रुबीको तस्बिर, हातमा माई हर्ट रुबीकुमारी नामको ट्याटु


 
काठमाडौं । छातीमा प्रेमीकाको फोटो,हातमा उनै प्रेमीकाको ट्याटु । हातको ट्याटुमा लेखिएको छ ‘माई हर्ट रुबीकुमारी’। रौतहटकी रुबि साहको हत्या गरी सुटकेसमा प्याक गरेर फरार आरोपी लक्ष्मण पासवानले फेसबुक भिडिओ मार्फत हत्या आफैले गरेको स्वीकार गरेका छन् । 

उनकैको हात र टयाटुमा यस्तो लेखिएको फोटो पनि अहिले सार्वजनिक भएको हो । मङ्गलबार बिहान करिब ५ बजेतेर ’कुमारी ज्योति’ नामक फेसबुक आईडीमार्फत ९ मिनेट ३६ सेकेन्ड लामो भिडिओ सार्वजनिक गर्दै उनले हत्या कबुल गरेका हुन् । रुबीकुमारीको ज्यान लिनुअघि लक्ष्मणले कुनै एकान्त स्थानमा गएर सुट गरेको हिन्दी भाषामा बोलिएको ९ मिनेट ३६ सेकेन्डको भिडियो बाहिरिएको हो । रुबीकुमारीको ज्यान लिएर आफ्नो शरीरमा आगो लगाउनुअघि उनले खिचेको सेल्फी भिडियो बाहिरिएपछि घटनाले नयाँ मोड लिएको हो । प्रहरीका अनुसार उनले रुबीको ज्यान लिइसकेपछि आफ्नो शरीरमा आफैँले आगो लगाएका थिए । शरीर जलेर उनी गम्भीर घाइते अवस्थामा भेटिएका हुन् ।

 रौतहट कै माधवनारायण नगरपालिका–२ निवासी केही समयदेखि सदरमुकाम गौरस्थित आमाको घरमा बस्ने गरेकी थिइन् । लक्ष्मणसँग विवाद भएपछि आमासँग माइती बस्दै आएकी उनको शव आइतबार सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो । लक्ष्मण र रुबीबीच उनीहरूको कक्षा १० मा पढ्दै देखि प्रेम रहेको खुलेको छ । उनीहरूले जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा प्रेमविवाह गरेको बताएका छन् । तर रुबीकी आमा र आफ्नो घरतिरकाले पनि प्रेम विवाह नस्वीकारेपछि तनाव भएको लक्ष्मणले बताएका छन् ।उनले रुबीको ज्यान लिनुअघि आफूहरूले रातभर कुराकानी गरेको पनि भनेका छन् ।उनले जीवनमा कसैमाथि पनि यस्तो अत्याचार नगर्न भनेका छन् ।