काठमाडौँ । सुटकेसभित्र राखिएको अवस्थामा फेला परेको ३० वर्षिया रुबी कुमारी साहको हत्याको मुख्य आरोपी लक्ष्मण पासवान पक्राउ परेका छन्।
पासवान रौतहटको माधव नारायण नगरपालिका ( ६ माधवपुरबाट पश्चिमतर्फ बगैँचा हुँदै विसुनपुरवा मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् । उनको अनुहार, हातखुट्टा जलेको अवस्थामा रहेको छ। स्थानीय र प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्याएका छन्।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनको शरीरको ३५ प्रतिशत भाग जलेको र थप उपचारको लागि कीर्तिपुर जलन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।