Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशका विभिन्न स्थानमा वर्षा र हावाहुरीको सम्भावना

देशका विभिन्न स्थानमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार बाँकी पहाडी क्षेत्रका केही र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ । यससँगै लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा हल्का हावाहुरी चल्ने सम्भावना पनि रहेको बताइएको छ ।

यस्तै राति लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ । साथै, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा तथा बाँकी पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा पर्ने संभावना रहेको महाशाखाले जानकारी दिएको छ ।