Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हरितालिका तीज आजदेखि औपचारिक रूपमा सुरु,आज दर खाने दिन

हरितालिका तीज आजदेखि औपचारिक रूपमा सुरु,आज दर खाने दिन

काठमाडौँ । हरितालिका तीज आजदेखि औपचारिक रूपमा सुरु भएको छ। आज परम्परागत रूपमा ‘दर खाने दिन’ हो । यो दिनमा माइतीहरूले आफ्ना छोरीचेलीलाई बोलाएर विशेष परिकार खुवाउने प्रचलन रहिआएको छ। दरलाई तीजको व्रत बस्नुअघि शरीरलाई आडिलो बनाउने तयारीको रूपमा लिने गरिन्छ।

परम्परागत मान्यताअनुसार, दरका रूपमा सात्विक परिकार खाने चलन छ। विशेष गरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक, मिठाई आदि खाने प्रचलन छ। यी परिकारलाई पौष्टिक मात्र नभई व्रतको दिन लामो समयसम्म ऊर्जा टिकाइराख्ने माध्यमको रूपमा पनि व्याख्या गरिन्छ। 

पोषणविद्हरूका अनुसार, दरलाई स्वास्थ्यप्रद बनाउन दाल–भात, तरकारी, दूधजन्य परिकार र फलफूलजस्ता सुपाच्य तथा सन्तुलित भोजनलाई प्राथमिकता दिन आवश्यक छ।

तीज केवल धार्मिक व्रत–उपवास मात्र नभई सामाजिक–सांस्कृतिक पर्व पनि हो। माइतीघरमा भेटघाट, परस्पर भेट्ने, रमाउने र नाचगान गर्ने अवसर पनि यही पर्वले उपलब्ध गराउँछ। यसरी दर खाने दिन महिलाहरू मात्र नभई सम्पूर्ण परिवारलाई एकताबद्ध बनाउने माध्यमका रूपमा पनि स्थापित भएको छ।