हेटौँडा । सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा महिलाको शव भेटिएको छ ।रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडकमा शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा शव फेला परेको बताइएको छ ।
डोरीले बेरिएको सुटकेश बेवारिस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आइतबार बिहान सुटकेश खोल्दा विवाहित महिलाको शव भेटिएको प्रहरीको भनाई छ ।
गुलाबी रंगको कुर्तासुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान छ । शव पोस्टमार्टमक लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।