काठमाडौँ । आज पनि ४ ओटा प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका एकरदुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभरको मौसम आज दिनभर नै साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही ठाउँमा र तराइको थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशको तराई भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकरदुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।