Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरियाका लागि ५३०० कोटामा एक लाख तीन हजार नेपाली आवेदन

कोरियाका लागि ५३०० कोटामा एक लाख तीन हजार नेपाली आवेदन

काठमाडौँ । पछिल्लो समयमा नेपाल बाट विदेशी जान क्रम निकै बढेको छ । नेपालमा अवसर नपाएर होस वा अवसर नदेखेर होस हरेक दिन हजारौँ नेपालीहरु विदेश गैरहेका छन । यसैबिचमा  दक्षिण कोरिया जान करिब एक लाख तीन हजारले आवेदन दिएका छन् ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस (रोजगार अनुमति प्रणाली) कोरिया शाखाका अनुसार ५३०० जना कामदारको माग हुँदा एक लाख तीन हजारले आवेदन दिएका हुन । कोरियाले सन् २०२५ का लागि उत्पादनमूलक तथा कृषि–पशुपालन क्षेत्रमा ५३०० जना कामदारको लागि कोटा पठाएको थियो । साउन २६ देखि ३१ गतेसम्मको आवेदन अवधि भित्र १ लाख ३ हजार जनाले भाषा परीक्षाका लागि अनलाइन आवेदन दिएका हुन् ।

ईपीएस कोरिया शाखाका अनुसार अहिले आवेदनहरूको प्रारम्भिक रुजुकार्य भइरहेको छ । भाषा परीक्षा एकैदिनमा बढीमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ । परीक्षा पास भएकाले मात्र अन्तिम रोजगारी छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन् । नेपालमा हरेक वर्ष कोरियाको ईपीएस परीक्षाले ठूलो आकर्षण पाउने गरेको छ ।