राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पार्टीबाट निलम्बन गरिएको छ। नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा ति नेतामाथि रास्वपाले कारबाही गरेको छ बागमती प्रशिक्षण विभागका संयोजक समेत रहेका हरिप्रसाद कँडेललाई रास्वपाले पार्टीबाटे निलम्बन गर्दै तुरुन्तै कारबाही गरेको हो ।
रास्वपाको केन्द्रीय अनुशासन आयोगले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कँडेललाइ निलम्बन गरेको बताईएको छ । चितवनको कालिका नगरपालिका ५ पदमपुर घर भएका कडेललाई रुपन्देही प्रहरीले चितवनबाट पक्राउ गरेको हो । रुपन्देही प्रहरीका अनुसार नक्कली साउन ३० गते नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक भिषेक यादव गरेको थियो । उनको बयानपछि कंडेललाई पक्राउ गरिएको हो ।
पक्राउ परेपछि रास्वपाको केन्द्रीय अनुशासन आयोगले एक बिज्ञप्ती निकाल्दै निलम्बन गरेको जानकारी दिएको हो । आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पठाएको पत्रमा लेखिएको छ, ‘हाल आएका सूचनाहरूको आधारमा नेपाल सरकारको अद्यावधिक कानून विपरीतका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पु¥याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौं ।’
रुपन्देही प्रहरीले बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेको थियो ।
उनको साथबाट नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुका नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टिकरहरु प्रहरीले बरामद गरेको थियो। सद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथमा प्रवेश गर्न लाग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले यादवको शरीर र उनको सुटकेस खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालयको जस्तै देखिने १०० वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्र फेला पारेको छ।विभिन्न शैक्षिक संस्थाका तीन वटा नक्कली र पाँच वटा स्ट्याम्पप्याड, त्रिभुवन विश्वविद्यालयको चार हजार ४० थान रहेको २१ बण्डल होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को दुई हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको एक हजार ७०० थान रहेको १७ प्याकेट नक्कली होलोग्राम र स्टिकर प्रहरीले बरामद गरेको छ।
तीनै यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो । उनले सञ्चालन गर्ने इन्स्टिच्युटले नक्कली प्रमाण पत्र किन्ने गरेको पाइएपछि रुपन्देही प्रहरीले पक्राउ गरेको थियो।
