जन्मोत्सव लाई पनि पर्व झै उत्सव मनाउने चलन हुनु पर्ने है ,उनले म तिर हेरेर मुस्कुरांउदै भने,उनि दिल खोलेर हांस्दै बोल्दा गजवको देखिन्थे ,उनले कुरा मा कुरा थप्दै भने ,वेस्टर्न कल्चर ब्लाईन्डली फलो गर्नु ठिक त होईन तर बर्थडे मा केक काट्नु बेलुन
सजाउनु झिलीमिली पार्नु मलाई रमाईलो लाग्छ ,जन्मदिन आउदैछ भनेर मक्ख अनी गजक्क पर्ने तिमी,तिमी लाई सानो बच्चा झै उत्साहित देखी हेरेको हेरेई हुने म ,एक दशक बढी भएछ माया पहिलो पटक साथमा तिम्रो जन्मदिन मनाएको,जति टाढा भएपनी
हामी एक अर्काको जन्मदिन साथमा मनाउने छौं भनी वाचा गरेको ,प्रेममा अनगिन्ती वाचा कसम दिएका थियौं,तिमी भन माया आज हामी कहां भेट्नेछौं ,सायद तिमी र म सपनिमा भेट्नेछौं ,जहां जिवन र मृत्यु विच फरक रहने छैन,जहां न म जिवीत न त तिमी मृत ,जहां तिमी केवल तिमी हुनेछौ र म केवल म रहनेछु ,जहां म तिमीलाई अंगाल्ने छु र भन्नेछु “माया वाचा पुरा गरेकी छु “म देखाउने छु तिमीलाई वादल समेटी वनाएको वलुन को झुप्पा,ईन्द्रेनी संग थोरै रंग सापटी लिएर सजाएको त्यो सानो मंच,“तिमी र म “तिमी
सधैझैं मक्ख परि बस्नु र म तिमीलाई हेरि टोलाएर बस्नेछु तिम्रा गालामा हात राखी भन्नेछु हयाप्पी बर्थ डे माया । केही समय अघि ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भयो। उनै बिवेको जन्मदिनको दिन सिर्जनाले भावुक हुदै लेखेका यि शब्दहरु ।
पत्नी सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटर र टिकटबाटै सार्वजनिक गरिरहन्थिन् । श्रीमानलाई बचाउन सम्पूर्ण बलबुता खर्चिरहेकी उनले हारिन सामाजिक सञ्जालमा उनीहरूका धेरै शुभचिन्तक छन् । दम्पत्तिका रुपमा उनीहरू मुना–मदन जस्तै भनेर धेरैले प्रंशसा गरेका थिए ।
अझै पनि बेलाबखत उनीहरुको जोडीको उदाहरण दिईरहेका छन । सर्जनाको असीम प्रेम र समर्पणलाई धेरै आदर्श नारीका रुपमा ब्याख्या गर्छन् । विवेकका दाजु विपिनको पनि सडक दुर्घटनामा मृत्यु भएको थियो । त्यसको केही समय पछि विवेक सबैलाई रुवाउदै सधाका लागि अस्ताए ।