Shares
Shares
काठमाडौं।
विश्वकै सर्वोच्च शिखर सगरमाथा सहित थुप्रै आरोहण सफल पार्दै नेपालको नाम अन्तराष्ट्रिय स्तरमा उचालिसकेका साहसी आरोही शिवबहादुर सापकोटा अहिले नेपालको पर्वतीय पर्यटन क्षेत्रको नेतृत्व सम्हाल्ने अभियानमा अघि बढेका छन्। नेपाल पर्वतारोहण संघ एनएमएको भदौ ७ गते हुने निर्वाचनमा महासचिव पदका लागि स्वतन्त्र उम्मेदवार बनेका सापकोटा आरोहण मात्र होइन, नेतृत्व र सेवाभावमा पनि अग्रणी मानिन्छन्।
सापकोटालाई पर्वतीय पर्यटनसँग सम्बन्धित व्यवसायी, मजदुर, आरोही, गाइड तथा शुभचिन्तकहरूले साझा स्वतन्त्र उम्मेदवारका रूपमा अघि सारेका छन । संघको ८१३ साधारण सदस्यको अमूल्य समर्थनको लागि उनी मैदानमा उत्रिएका हुन ।
रामेछापको सुनापातीमा जन्मिएका सापकोटा बाल्यकालदेखि नै पहाड र प्रकृतिसँग आत्मीय सम्बन्ध गाँसिएका व्यक्ति हुन्। निरन्तर मेहनत, संघर्ष र साहसमार्फत उनले पर्वतारोहणलाई जीवनको पहिचान बनाए । सन २०१३ मा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर उनले नेपालको मात्र गौरव बढाएनन् , विश्वसमक्ष नेपाली आरोहीहरूको क्षमताको परिचय प्रस्तुत गरे। उनका आरोहणहरू व्यक्तिगत कीर्तिमानमा सीमित भएनन, वातावरणीय सचेतना, जलवायु न्याय र नेपाल पर्यटन प्रवद्र्धनसँग समेत गाँसिएका अभियान्तको रुपमा परिचित भए।
सत्य र न्यायको पक्षमा खरो आवाज उठाउँदै सरकार तथा सम्बन्धित निकायसँग पर्वतीय पर्यटनका चुनौतीका विषयमा निरन्तर लबिङ गर्दै आएका सापकोटा केवल सफल आरोही मात्र होइनन्, सेवाभावयुक्त अभियन्ता र भविष्य उचाल्ने सक्षम नेतृत्वका रुपमा चिनिन्छन्। पर्वतीय पर्यटनलाई विश्वस्तरमा र्पुयाउने, सदस्यहरूको जीवन सुरक्षित र सम्मानित बनाउन सक्ने व्यक्तित्वका रुपमा सापकोटा अहिले महासचिव पदमा सदस्यहरूको समर्थनको प्रतीक्षामा छन्। बुझ्न सक्ने सदस्यहरूले उनलाई विजय गराउँदा संस्थाको भविष्य अझ सबल र गौरवशाली हुनेमा सरोकारवालाहरु विश्वास व्यक्त गर्छन ।
पर्वतीय पर्यटन र आरोही समुदायको अधिकार हितमा निरन्तर सक्रिय सापकोटा विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिकामा रहँदै आएका छन्। उनी नेपाल पर्वतारोहण संघ एनएमएको कार्यकारी बोर्ड सदस्य समेत भइसकेका छन । भने एभरेस्ट समिटियर्स एसोसिएसनका महासचिवको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्।सगरमाथा आरोही संघमा महासचिव रहदा उनले नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई पहल गरि गठन भएको कार्यदलको सदस्यमा रहि आरोहीहरुलाई सम्मान सहित पहिचान गराउन ,परिचयपत्र र ब्याज उपलब्ध गराउन उल्लेख्निय भूमिका समेत खेलेका थिए । राष्ट्रपतिबाट प्रदान गरिने सगरमाथा पदक र जनसेवा श्री पदक जस्ता प्रतिष्ठित सम्मानले उनको योगदानलाई अझ प्रष्ट्याउँछ।महासचिव पदमा उम्मेदवारी घोषणा गर्दै उनले सदस्यहरूको हितलाई केन्द्रमा राखी आफ्ना एजेन्डा सार्वजनिक गरेका छन्।
जसमा संघको सचिवालयलाई चुस्त, पारदर्शी र परिणाममुखी बनाउने ,आधुनिक प्रविधि र आरोही, श्रमिक र व्यवसायीका समस्या समाधानका लागि नीतिगत पहल गर्दै दीर्घकालीन नीति सुधार गर्ने ,केन्द्रीय कार्यालयमा २४ घण्टा आपतकालीन सहायता डेस्क स्थापना ,आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्दै दिवंगत वा घाइते सदस्यका परिवारलाई आर्थिक शैक्षिक सहयोग ,आरोहीहरूको सुरक्षित भविष्यका लागि सेवानिवृत्ति कोष स्थापना ,पोखरा अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्ग्रहालयलाई विश्वस्तरीय प्रवद्र्धन ,युवालाई रोजगारी सिर्जना, विदेशिएका युवालाई स्वदेश फर्काउने तथा तालिम कार्यक्रम सञ्चालन ,संघमा हुने फजुल खर्च रोक्दै पूर्ण पारदर्शिता कायम गर्ने र सदस्यहरूको दुःख सुखमा घरदैलोमै पुगेर सहकार्य र सेवा गर्ने लगाएतका आफना एजेन्डाहरु रहेका छन । उनी भन्छन “मेरो संकल्प व्यक्तिगत पद वा प्रतिष्ठाका लागि होइन, सदस्य र संस्थाको हितका लागि हो। तपाईंहरूको सुझाव नै मेरो एजेन्डा हुनेछ, तपाईंहरूको विश्वास नै मेरो शक्ति हुनेछ।”
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209