Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ । पछिल्लो तीन घण्टामा दार्चुलामा सबैभन्दा बढी ५५.२ मिलिमिटर पानी परको छ । मौसम विभागका अनुसार झापा, मोरङ, उदयपुर, अछाम, जुम्ला, डोटी, बाजुरामा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेश लागायत देशका पहाडी भू–भागका केही ठाउँहरुमा र तराइको थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखा भनाइ छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलोपानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा दक्षिण तर्फ रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तर बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रीने क्रम कायमै रहेको महाशाखाको भनाइ छ ।