Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नाडा अटो शो आज बाट सुरु,प्रधानमन्त्रीले उद्घाटन गर्ने

नाडा अटो शो आज बाट सुरु,प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ ।अटोमोवाइल्स एशोसिएशन अफ नेपाल नाडा अटो शो आज बाट सुरु हुने भएको छ । आजदेखि भदौ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गर्ने भएका हुन ।

यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदै छ ।

प्रदर्शनमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन रहनेछन् ।