काठमाडौँ । आज लुम्बिनी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनीको तराई र बागमतीको पहाडी भेगका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू(भागसँगै अरू ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति कोशी प्रदेशको तराई भू(भाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एकर दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मनसुनी वायुको प्रभाव कमजोर रहे पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको छ ।