Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ठोरी युथ कप २०८२ सम्पन्न

ठोरी युथ कप २०८२ सम्पन्न

काठमाडौँ । २०८२ श्रावण ३१ गते शनिवार, श्री कृष्णा जन्माष्ठमीको शुभवसरमा नेकपा एमाले ठोरी( काठमाडौं सम्पर्क मन्चको आयोजनामा लि हिमालय फुटसल, गोकर्णेश्वर नगरपालिका स काठमाडौमा मैत्रीपुर्ण ठोरी युथ कप २०८२ सम्पन्न भएको छ । यस कार्यक्रमको प्रमुख उद्बेश्य ( ठोरीवासीहरुवीचको आपसी मित्रता,भाइचारा र युवाहरुको व्यक्तित्व विकाश रहेको आयोजकले जनाएको छ । रोमान्चकारी फुटवल खेल हेर्नको लागी प्रमुख अतिथि खगेन्द्र ब श्रेष्ठ ,विशिष्ट अतिथि बाबा पाख्रिन,अतिथि हरुमा वीर ब कुवर,कृष्ण श्रेष्ठ,रामशरण श्रेष्ठ, मुन्ना श्रेष्ठ, हस्त ब श्रेष्ठ,हेम ब श्रेष्ठ,तोब ब श्रेष्ठ,झमक ब श्रेष्ठ, कुमार लामा लगायत उल्लेखनीय दर्शकहरुको उपस्थिति रहेको थियो भने फुटवल खेल्नको लागी स्थानीय युवाहारु ठोरी देखी आएर उपस्थिति जनाएका थिए । आजको यस खेल मा ९ टिम सहभागी थिए । निर्मल समाज युवा क्लव,ठोरी( ४ ले घ स्टार युथ क्लव ठोरी ०१ का विरुद्ब मिठो जित निकालेर उपाधी चुम्न सफल भएका हुन । छितिज विष्ट उत्कृष्ट खेलाडी सम्मानबाट सम्मानित भएका छन । कार्यक्रमका प्रायोजक प्रो गणेश ब श्रेष्ठ तथा नकुल गुभाजु , स्वयम्भु यातायात प्रा लि प्रो प्रेम ब श्रेष्ठ तथा सिताराम श्रेष्ठ नाङ्गसाल बेकरी ठोरी तथा विभिन्न सह्योगी दाताहरु धन्यवादका पात्र बनेका छन ।

कार्यक्रममा प्रमुख अतिथि खगेन्द्र ब श्रेष्ठले यस कार्यक्रमले ठोरीका युवाहरुको वीचमा मित्रता, भाइचारा र आपसी सदभाव बढेको र यस्ता कार्यक्रमले भविष्यमा उत्कृस्ठ राष्टृय खेलाडी उत्पादनमा सह्योग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै यस्ता कार्यक्रममा ठोरी वासीहरुले एक अर्कालाइ चिन्ने , बुझ्ने मौका पाउने हुनाले भविस्यमा पनि युवाहरुको व्यक्तित्व विकासको लागी यस्ता कार्यक्रम हुनुपर्ने र त्यसको लागी आफु सधै अग्रसर हुने वताउनुभएको छ ।

विशिष्ट अतिथि बाबा पाख्रिनले यस कार्यक्रमले गर्दा आफुलाइ ठोरी वासी हरु सङ्ग अझ नजिकबाट परीचय गर्ने अवसर मिलेको वताउदै आयोजक र प्रायोजक टिमलाइ विशेष धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।