काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी किन्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामनन्दन ठाकुर र स मिश्रीलाल यादव रहेका छन्।
पक्राउ परेका ठाकुरको साथबाट प्रहरीले हड्डी र खरानीको धुलो बरामद गरेको छ । यसअघि आर्यघाटको जलाउँदै गरेको शवको हड्डी निकालेर ५ सय रुपैयाँमा बेचेको आरोपमा २ जना पक्राउ परेका थिए ।