काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसइईको नतिजामा गम्भीर त्रुटि गरेको पाइएको छ । नतिजामा चित्त नबुझेका कारण २७ हजार तीन सय १५ विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएपछि त्यसमाथि छानबिन गर्ने क्रममा गम्भीर त्रुटि भएको पाइएको हो ।
२७ हजार आठ जनाको नतिजा सार्वजनिक गरिसक्दा आठ सय ६० जनाको ग्रेडमा हेरफेर भएको छ । तीमध्ये पहिला ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका दुई सय ६७ जना उत्तीर्ण भएका छन ।