Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजभोलिको मायाप्रेम : सुस्मिता फुयाल

आजभोलिको मायाप्रेम : सुस्मिता फुयाल

यो मायाप्रेम भन्ने शब्द आफैमा एउटा छुट्टै किसिमको मिठास छ। हामी मानवजातिमा मायाप्रेम नहुने हो भने कसैको मन दुखदैनथियो होला,कसैको आँखा रसाउदैनथियो होला। आमाबाबुले आफ्नो सन्तानप्रती गर्ने प्रेम,दाजुभाइले आफ्नो दिदिबहिनीलाई गर्ने प्रेम,हामी बाटाेमा हिंड्दा भिख माग्न बसेका असक्तहरु देखेर आउने प्रेम । येस्तै धेरै प्रकारका हुन्छ्न मायाप्रेम।

अहिले हाम्रो समाजमा यस्तै एउटा युवा,युवतीबिच हुने मायाप्रेम बिकृतीको रुपामा अघि बढीरहेको छ।यस्ता थुप्रै उदाहरणहरु हाम्रा समाजमा छ्न।एउटा केटाले एउिट केटी मनपराउछ ,उस्ले प्रेम प्रस्ताव राख्छ।त्यो आफुले मन पराएको केटी सङ्ग नजिक हुन खोज्छ,तर ती युवतिले उसलाइ मन पराइनन,उसले भनेका कुराको मतलब राखिनन भने त्यो केटालाई आक्रोसित हुन्छ।अनि नतिजा पुग्छ Acid आक्रमणमा ।आफ्नो मात्र सोच्ने अरुको भावना बिचार को ख्याल नगरी आफ्नो स्वार्थ मात्र पूरा गर्ने धेरै हुदा समाजमा यस्तो घटना घटीरहेको छ ।अनि आउछ्न अर्को थरी जो शरीरको लागि मात्र प्रेम गर्ने प्रेमी ।सुरुमा तारिफ गरेर आफुसङ्ग नजिक बनाउने आफ्नो इच्छा चाहाना पूरा गर्नको लागि कुनै कुरामा नाइ नभनी लागिपर्ने।नया ,नया फिल्म हेर्न लग्ने ,महँगो रेस्टुरेन्ट ,क्याफे मा खाजा खुवाउन लग्ने ,र उस्को स्वार्थ पूरा गर्ने। तेस्पछी जब समस्या आउँछ अनि भाग्ने।म तिमिलाइ चिन्दिन भन्ने ?यस्ता घटना घटनु सामान्य जस्तै भैसक्यो ।

आखिर सबै कुराको सामना गर्ने केटी मान्छे नै हुन्छ्न ,र दोष पनि उनिहरुकै देखिन्छ । मायाप्रेम त दुईमुटुको सङगम हो भन्छ्न ।एक,अर्काको को दुख,सुख साट्ने कुरा जस्तो हुन्थ्यो पहिला त ।अहिले चै Chating,dating मा सिमित भयो।मनका शब्दहरुसङ्ग खेल्ने भन्दा शरीरसङ्ग खेल्ने मायाप्रेम देखियो। एउटि आमा जसले बारमबार आफ्नी छोरिलाइ भन्छिन छोरी अरु जस्तो काम गरेनी बाउआमाको इज्जत फाल्ने काम नगर भनेर ।तर अहिलेको मायाप्रेममा त्यो सम्भव छैनरैछ । उस्ले आफ्नो जन्मदिने बाबुआमा भन्दा ठुलो उसको प्रेमी देख्छे।आमाबाबुको भन्दा बढी माया उसको लाग्न थाल्छ।

हामिले आजभोली मायाप्रेम खोजेउ भने जङ्गल का झाडिमा ,गेस्ट हाउस, डान्स बार ,पार्क तिर मात्र भेट्न सकिन्छ।समय ले निकै नै फड्को मारिसकेछ ।

अहेलेत फेसनमा आयो यो मायाप्रेम भन्ने चिज । boyfriend ,girlfriend नहुने त मान्छे हुन छाडिए। यो त भैहाल्यो अहिलेको मायाप्रेम ले कतिको राम्रो घरबार समेत बिगार्यो ।घरमा श्रीमान,श्रीमती साथमा छोरा ,छोरी पनि छन तर पनि अर्कैसङ्ग मायप्रेम चलिरहेको हुन्छ आजभोली ।

बाचुन्जेल साथदिन्छु भनी बिवाहा गरेकामान्छे यो स्तिथिमा आउछ्न । अझ श्रीमान,श्रीमती मध्य कोइ बिदेश हुनुपर्छ अनि घरबार बिग्रेको धेरै उदाहरण हामि देख्न सक्छौ। सामाजिक संजालमा पनि येस्ता धेरै घटना ,समाचार आइरहेका देख्न र सुन्न पाउछौ ।

साच्चै आजभोलि बलात्कार ,हिसा बढी हुनुको कारण नै यस्तो मायाप्रेम हो।हामि र हाम्रो समाज कता गैरहेको छ ।आउने सन्तान ले के सिक्छ्न ।हामिले आफूले मनन गर्ने कुरा हो ।पैसा ,समपत्तिको लागि मायाप्रेम गरिन्छ यो समाजमा ।धेरै पैसा शहरमा ठुलो घर, एउटा कार छ भने मनबाट प्रेम नभएनी देखावटि प्रेम हुन्छ ।

त्य्सैले हामिबाट अरुले फाइदा उठाउएको थाहापाउन सक्नुपर्छ।मायाप्रेम भन्ने चिजलाइ सस्तो बनाउनु हुदैन।सम्पत्ति ,पैसाको प्रलोभनमा परि आफ्नो र अरुको राम्रो घरपरीवार बिगार्ने काम गर्नुहुन्न।