Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मनसुन सक्रिय : देशका केहीँ ठाउँमा ठुलो पानी पर्ने

मनसुन सक्रिय : देशका केहीँ ठाउँमा ठुलो पानी पर्ने

काठमाडौँ । मनसुन सक्रिय भएकाले आज सात वटै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एकरदुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले देशभर मनसुन सक्रिय भएको छ । अहिले पनि कोशी, मधेश, बागमती प्रदेशको थोरै ठाउँमा तथा बाँकी प्रदेशको एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एकरदुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आउँदो २४ घण्टामा कतै कतै अति ठूलो पानी पर्ने तर त्यो थोरै अवधि पर्ने सम्भावना छ ।

आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै ठाउँमा र बाँकी प्रदेशको पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागको थोरै ठाउँमा ठूलोदेखि अति ठूलो तथा लुम्बिनी प्रदेशको तराईको भागको थोरै ठाउँ, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भागको एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।