Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ब्राउन सुगरसहित दुई युवक बानेश्वरबाट पक्राउ

ब्राउन सुगरसहित दुई युवक बानेश्वरबाट पक्राउ

काठमाडौँ ।प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई बानेश्वरबाट पक्राउ गरेको छ। सोमबार साँझ काठमाडौं महानगरपालिका- ३१ बानेश्वरस्थित बासुकी मार्गबाट सशस्त्र प्रहरी बलले ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोले धनकुटा जिल्ला पाख्रीबास नगरपालिका-५ बस्ने ३१ वर्षका डिल्लीबहादुर कटुवाल र झापा जिल्ला भद्रपुर नगरपालिका- २ बस्ने ३० वर्षका शैलेश थापा मगरलाई पक्राउ गरेको उनले बताए।

उनीहरूको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर अन्दाजी ३०.१५ ग्राम, गाँजा तीन पोका, ब्राउन सुगर जोख्न प्रयोग भएको तराजु १ थान , मोबाइल ३ थान तथा मोटरसाइकल बरामद गरेको छ। यस्तै, १२ हजार ४ नगद रुपैयाँ पनि उनीहरूको साथबाट बरामद भएको प्रहरीले जनाएको छ।

‘बासुकी मार्गको एक घरबाट लागुपदार्थ बिक्रीवितरण गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो,’ डिएसपी थापाले भने,‘उनीहरूले उक्त लागुपदार्थ सिरहाको गोलबजारबाट ल्याई बिक्री गर्ने गरेको बुझिएको छ।’ नियन्त्रणमा लिइएकाहरूलाई बरामद सामानसहित थप कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको उनले बताए।