Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि बसेको कोठामा बन्द झ्याल खोल्न र जेल सार्न मानवअधिकार आयोगको ध्यानकर्षण

रवि बसेको कोठामा बन्द झ्याल खोल्न र जेल सार्न मानवअधिकार आयोगको ध्यानकर्षण

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले अनुगमन गरेका छन् । मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको तथ्य पत्ता लगाएइका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले रविलाई राखिएको ब्लकभित्र राम्ररी हावा पास हुने अवस्था नदेखिएको बताएका छन् ।

रवि बस्ने कोठामा पंखा भएको तर झ्यालहरू टालिएको पाइएको उयनले बताइन् । साथै उनले कोठाभित्र एसी नदेखेको बताइन् । जेल प्रशासनले सुरक्षाका लागि टालिएको भन्नुभयो तर हाम्रो आग्रहपछि त्यसलाई खोल्न तयार हुनुभएको छ उनले बताइन् । थापाले रविलाई स्थानान्तरणका लागि अनुमति नदिइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिन् ।

अदालतले भनिसक्दा पनि उहाँलाई जेल सार्न दिइएको रहेनछ । यस विषयमा मानब अधिकार आयोगका पदाधिकारीले कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने भएको छ ।