Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि राखिएको कारागारमा पुग्यो मानवअधिकार, झ्याल थुनिएको र पत्रपत्रिका पढ्नवाट बन्चित

रवि राखिएको कारागारमा पुग्यो मानवअधिकार, झ्याल थुनिएको र पत्रपत्रिका पढ्नवाट बन्चित

काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोगले रवि लामिछानेलाई राखिएको रुपन्देही जिल्ला कारागारको अनुगमन गरेको छ । पछिल्लो समय रवि बसेको कारागार र उनलाई राखिएको ब्लकको बिषयमा विभिन्न खालका टिकाटिप्पोणी भएपछि मानब अधिकारको टोली जिल्ला कारागारमा पुगेको हो ।

रुपन्देही कारागारको अनुगमनपछि आयोगका पदाधिकारीहरुले रवि बसेको कोठामा दुई पंखा रहेको र झ्याल थुनिएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् ।

साथै उनले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् । यस्तै कारागारमा पत्रपत्रिका नआउने भएकाले रवि समेत त्यो सुविधाबाट वञ्चित रहेको पाइएको छ । यस बिषयमा आफूहरुले काठमाडौं पुगेपछि कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने बताइन् ।

साथै मानवअधिकार आयोगले रविको जेल स्थानान्तरण गर्न रोकिएको बिषयमा बिशेष चासो राखेको छ । कारागार सरुवाका लागि रविजीले निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो अहिले सम्म सरुवा भएन यो बिषय गम्भिर हो उनले भनिन् हामीले यस बिषयलाई पनि गम्भिरताका साथ हेरेका छौं ।